धादिङ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश तथा स्थानिय तहको लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्याङ्कन गरी नतिजा प्रकाशित गरेको छ ।
प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन कार्यबिधि २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्य सम्पादन सुचकको मूल्याङ्कन गरेर अङ्क प्रदान गरी नतिजा सार्वजनिक गरेको हो ।
सङ्घीय सरकारबाट आउँदो आर्थिक वर्ष २०८१/८२ मा प्रदेश र पालिकालाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले १७ वटा सूचकका आधारमा स्थानिय तहहरुको मूल्याङ्कन गरेको थियो ।
जसमा कार्यसम्पादन मूल्याङ्कनमा धादिङका १३ वटा पालिकाहरु मध्ये सबैभन्दा बढि नेत्रावती डवजोङ गाउँपालिकाले ४८ दशमलव ७१ अङ्क पाएको छ ।
त्यस्तै दोस्रोमा सिद्धलेक गाउँपालिकाले ४८ दशमलव ६० अङ्क पाएको छ भने तेस्रोमा नीलकण्ठ नगरपालिका ४४ र चौथोमा गंगाजमुना गाउँपालिका ३५ दशमलव ९६ अङ्क पाएको छ ।
यसैगरी बेनिघाट रोराङ गाउँपालिका ३३ दशमलव ०३, त्रिपुरासुन्दरी गाउँपालिका ३२ दशमलव ८९, खनियाबास गाउँपालिका ३२ दशमलव ३९, ज्वालामुखी गाउँपालिका २८ दशमलव २५, थाक्रे गाउँपालिका २६ दशमलव ६७, गजरी गाउँपालिका २६ दशमलव १८, धनिबेशी नगरपालिका २५ दशमलव ८८, गल्छी गाउँपालिका २४ दशमलव ७७ र रुवीभ्याली गाउँपालिका २३ दशमलव ६५ अङ्क पाएको छ ।
पालिकाले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरेन/गरेको, राजस्वको विभाजन गरे/नगरेको लगायतका सूचकमा कार्यसम्पादन मूल्याङकन हुने गर्छ ।
पालिकाले बजेट १० असारभित्र ल्याए/नल्याएको, ३० असार भित्र बजेट पास गरे/नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिए/नदिएको लगायत पनि मूल्याङ्कनको आधार हो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विशेष गरेर लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्याङ्कन गरी नतिजा प्रकाशित गर्ने गर्दछ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |