धादिङ २१ पुस । किशोरीहरुलाई आइरन तथा फोलिक एसिड र जुकाको औषधी खुवाउने तथा विद्यालय सरसफाई सम्बन्धी समिक्षा कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार जनसंख्या मन्त्रालयको निर्देशन अनुसार विद्यालयमा अध्ययन गर्ने १० वर्ष देखि १९ वषृ सम्मका किशोरीहरुको लागि आइरन तथा फोलिक एसिड र जुकाको औषधी खुवाउने कार्यक्रम सञ्चालन भएको हो ।
विहिबार नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखा धादिङको आयोजनामा सम्पन्न कार्यक्रममा नीलकण्ठ नगरपालिकाका १४ वटै वडामा स्थित विद्यालयका शिक्षक शिक्षिकाहरु उपस्थिती रहेको थियो । नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखा धादिङका प्रमुख विष्णु रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रममा विद्यालय नर्स, स्वास्थ्य संस्था प्रमुख लगायतको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्नु हुदै नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखा धादिङका प्रमुख विष्णु रिजालले विद्यालय स्तर देखिनै विद्यार्थीहरुलाई पोषण सम्बन्धि शिक्षा दिनुपर्ने भन्दै हरेक विद्यालयहरुले हरित विद्यालयको अवधारणा आत्मसाथ गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यालयहरुमा सञ्चालित दिवा खाजामा बाहिरी खाजा नदिई स्थानीय वस्तु, उत्पादनको प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले मानव जिवनमा पोषण अत्यावश्यक भएको भन्दै नगरपालिकाको स्वास्थ्य, शिक्षालाई अझ मजबुत बनाउदे लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसैगरि जनस्वास्थ्य निरिक्षक शिव रानाले स्वास्थ्य, शिक्षा, कृषी, पशु लगायतका क्षेत्रको सहभागिता भएमा मात्र पोषणको कार्यक्रममा सुधार आउने बताउनुभयो । ४० प्रतिशत युवतीहरुमा रक्तअल्पता रगतको कमि देखिएको छ । जसले गर्दा शारीरिक, मानसिक वृद्धि विकास र गर्भ अवस्थामा हुन सक्ने विभिन्न समस्या निम्त्याउ छ । यस्ता समस्याहरुको निराकरण गर्न कार्यक्रमको आयोजना गरिएको जनस्वास्थ्य निरिक्षक रानाले बताउनुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |