धादिङ,२७ बैशाख। गल्छी गाउँपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण सुरु गरेको छ । कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्र विकास गर्नका लागि ५० प्रतिशत अनुदानमा खरिद गरिएका मिनि टिलर १ सय ४५ ओटा वितरण गरिएको कृषि प्राविधिक टिकाराम खतिवडाले जानकारी दिनुभयो । गाउँपालिकाले वडा नम्बर ८ का ११२ जनालाई, वडा नम्बर ७ का ४ जनालाई, वडा नम्बर १ का ३ जनालाई,वडा नम्बर ५ का १६ जनालाई १३ हजार ९ सय तिरेर अनुदानमा पाएका ७ हर्जपावरका पेट्रोलबाट चल्ने मिनिटिलर वितरण गरिएको छ । यसैगरि किसानले २४ हजार २ सय ५० तिरेर ७ हर्जपावर क्षमताको डिजेल इन्जीन मिनिटिलर वडा नम्बर ४ का ९ जना र वडा नम्बर ८ मा १ जनालाई वितरण गरिएको छ । गाउँपालिकाले इबिडिङ मार्फत टेण्डर आब्हान गरेपछि ठेकेदार कम्पनीले पालिकामा उपलब्ध गराएको सामाग्री किसानहरुलाई वितरण सुरु गरेको हो । गाउँपालिकाले ७ हर्जपावरका १ सय २८ डिजल इन्जिन मिनिटिलर वितरण गर्ने छ । किसानले १३ हजार ५ सय तिरेर १ सय २५ थान कम्बाइन्डमिल, ६ हजार तिरेर १५ थान मकै छोडाउने मेसिन, ८ थान ब्रस कटर, ४ हजार ४ सय ७ रुपैयाँ तिरेर १२ थान डिजिटल तराजु,६ हजार तिरेर २ थान फुटस्प्रेयर, २ हजार तिरेर ४ थान मकै रोप्ने मेसिन र २४ हजार तिरेर ११ थान कोदो चुट्ने मेसिन वितरण गर्ने योजना रहेको खतिवडाले जानकारी दिनुभयो । पालिकाले ५० प्रतिशत व्यहोरेपछि किसानले ५० प्रतिशत रकम बुझाएर सामाग्री लगेका हुन् । कृषि औजार वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष केदार खतिवडा, उपाध्यक्ष भाइकाजी तिवारी लगायतको सहभागिता रहेको थियो । कृषिलाई आधुनिकिकरण गर्दै कृषि पकेट क्षेत्र विकास गरि जनताको आम्दानी बढाउन कृषि यन्त्रहरु मागको आधारमा वितरण गरिएको गाउँपालिका अध्यक्ष खतिवडाले बताउनुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |