डिजेल र मट्टितेलको मुल्य घटेको छ ।
भारतबाट मूल्य घटेर आएपछि मंगलबार मध्यरातदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको हो। निगमले डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ४ रुपैयाँ घटाएको छ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसनले पठाएको मूल्यसूचीमा पेट्रोल प्रतिलिटर १.५१ रुपैयाँ बढेर र डिजेलको मूल्य ३.६३ रुपैयाँ घटेर आएको थियो ।
निगमका अनुसार काठमाडौँ उपत्यकामा पेट्रोल १७२ रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको छ भने मूल्य घटेपछि डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ ।
खाना पकाउन एलपी ग्यासको मूल्य ९३ रुपैयाँ बढेर आए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।
ग्यासको प्रतिसिलिन्डर १ हजार ८९५ रुपैयाँ मूल्य तोकिएको छ । नयाँ मूल्यसूचीअनुसार ग्यासको मूल्य ९३।६० रुपैयाँ बढेर आएको थियो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |