धादिङ । खनियाबास गाउँपालिका–२ थलिमा चट्याङ लागेर दुई जना घाईते भएका छन् ।
शनिवार साँझ परेको चट्याङबाट सोही ठाँउका ५२ वर्षीय नोर्मु तामाङ र ४० वर्षीय कान्छीमाया तामाङ घाइते भएका खनियाबास वडा नं २ का वडा अध्यक्ष अरुण कुमार पाख्रिनले जानकारी दिनुभयो ।
घाइतेहरुको उपचार भइरहेको पाख्रिनले बताउनुभयो ।
चट्याङबाट सोही ठाउँका कान्छा तामाङको घरमा पूर्ण रुपमा क्षति पुगेको छ भने केन्द्रीय विद्युत् प्रसारण लाइनबाट वितरित विद्युत् लाइनमा चट्याङ परेपछि विद्युत् सेवा समेत अवरुद्ध छ ।
गाउँमा विद्युत् तार चुँडिएकाले मर्मत गर्नका लागि समेत समस्या छ ।विद्युत् तारमा परेको चट्याङबाट अन्य चार घरका मानिसलाई समेत करेन्टको झड्का लागेकाले सामान्य घाइते भएका छन् ।
थली क्षेत्रमा रहेको १० घरमा रहेको सोलार सिस्टम, डिसहोम, टेलिभिजनमा समेत क्षति पुगेको वडा अध्यक्ष पाख्रिनले बताउनुभयो ।
क्षतिको विवरण सङ्कलन भइरहेको उहाँको भनाई छ ।गतबर्ष पनि थली गाउँ क्षेत्रमा चट्याङ परेर रामसिंह तामाङको मृत्यु भएको थियो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |