धादिङ । त्रिपुरासुन्दरी गाँउपालिका-२ स्थित सल्यानटार स्वास्थ्य केन्द्रमा निःशुल्क मुटु परीक्षण शिविर संचालन हुने भएको छ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङ र त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजनामा यहि चैत्र १० गते शिविर हुने हृदयरोग निवारण प्रतिष्ठान धादिङका सभापति राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान बागमति प्रदेश र चितवन शाखाको संयोजन तथा चितवन मुटु अस्पतालको प्राविधिक सहयोगमा मुटुरोग विशेषज्ञ डा. शंकर लौडारीको नेतृत्वमा आउने चिकित्सक टोलीले शिविरमा BP जाँच, सुगर परिक्षण, ECG तथा ECO सेवाको साथै मुटुरोग सम्वन्धमा अन्तरक्रियात्मक सचेतना कार्यक्रम समेत संचालन हुने उहाँले बताउनुभयो।
शिविरको प्रचार प्रसार र व्यवस्थापनको लागि हृदयरोग निवारण प्रतिष्ठान धादिङ र त्रिपुरासुन्दरी गाँउपालिका तथा सल्यानटार स्वास्थ्य केन्द्रविच आज वसेको संयुक्त वैठकले कार्य विभाजन गरेको छ भने सल्यान्टार स्वास्थ्य केन्द्रमा ECG मेशिन नभएकोले तत्काल खरिद गर्न गाउँपालिकाबाट रकम विनियोजन गरि स्वास्थ्य केन्द्रलाई जिम्मा दिएको पनि श्रेष्ठले बताउनुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |