धादिङ–जनआकांक्षा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
गजुरी गाउँपालिका–६ स्थित आदमघाटमा शुक्रबार भएको साधारणसभामा बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि घिमिरेले जनआकांक्षा उत्कृष्ट सहकारी रहेको भन्दै यस साख जोगाई राख्न सबै सदस्यहरुको उत्तिकै दायित्व रहेकोले सक्रियता पूर्वक संस्थाको गतिविधिमा निरन्तर लागि पर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीको निती, सिद्धान्त, मर्म अनुरुप संचालन भए मात्र शुशासन कायम हुने र शेयर सदस्यको विश्वास जित्न सकिने बताएका थिए।
साधारणसभा सहकारीको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीकी अध्यक्ष सीता दुवाडी खनालले आदमघाट आसपासका १०५ जना सदस्यबाट रु ५ हजारका दरले ५ लाख २५ हजार शेयर पुँजि जम्मा गरी २०६५ सालमा दर्ता भएको सहकारीमा अहिले ८३६ जना शेयर सदस्य भएको बताउनुभयो ।
यस्तै आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै सहकारीकी कोषाध्यक्ष राधा लामिछानेले आर्थिक बर्ष २०७९/८० मा ७६ लाख ४२ हजार ५ सय कूल शेयरपूँजी रहेको सहकारीकोे ५७ लाख ९३ हजार ९२३ रुपैंया साधारण जगेडाकोष, बैधानिक तथा अन्य कोषमा २७ लाख ५१ हजार, निक्षेप ३१ लख लाख २४ हजार,बाह्य ऋण ३४ लाख,कर्जा नोक्सानी २४ लाख लगाएत गरी कुल ५ करोड ३८ लाख १९ हजार ५११ कोे कारोबार गरिरहेको बताउनुभयो ।
उहाँले संस्थाको शेयर सदस्यहरुसँग ५ करोड २३ हजार ५६७ ऋण लगानी रहेको बताउनुभयो।सहकारीले यस बर्ष १२ प्रतिशत लाभांश वितरण गर्ने पनि लामिछानेले बताउनुभयो ।
यस्तै प्रतिवेदन प्रस्तुत गर्दै सहकारीकी सचिव हुमालक्ष्मी खतिवडाले सहकारीमा हाल ८३६ जना शेयर सदस्य, १८१ जना बाल बचतकर्ता बनाई गजुरी, गल्छी र सिद्धलेकका बिभिन्न वडालाइ कार्यक्षेत्र बनाएको बताउनुभयो।
संस्थाकी उपाध्यक्ष कमला शर्माले संस्थामा मासिक बचत नियमित गर्न,ऋणी सदस्यले किस्ता र ब्याज समयमा तिर्न आग्रह गर्नुभयो ।
व्यवस्थापक हरिराम खतिवडाले संस्थाको मूल कार्य भनेको सदस्यलाई बचत गर्ने बानीको विकास गर्नु भएकोले आफ्नो निश्चित कमाइको निश्चित रकम बचत गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ट ऋणी, उत्कृष्ट सदस्य, बृद्धा सदस्य, उत्कृष्ट बचत कर्ता र बाल बचत कर्तालाई पुरस्कार तथा सम्मान गरीएको थियो ।
सहकारीकी अध्यक्ष दुवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष रामचन्द्र आचार्य,गजुरी ६ का वडाध्यक्ष भक्त बहादुर लामा,जिल्ला बचत संघको प्रमुख व्यवस्थापक गोकर्ण दुवाडी,नेफ्स्न को फिल्ड इञ्चार्ज शम्भु प्रसाद घिमिरे र हाईवे सहकारीको अध्यक्ष शिव बहादुर भन्डारीको आतिथ्यता रहेको थियो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |