धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले होली पर्व अर्थात् फागु पूर्णिमालाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ।
बिहीवार प्रशासनले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छा विपरीत रङ नदल्न, होली मनाउने नाममा रीतिरिवाज र परम्परा विपरीत उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको हो ।
रङ्गहरुको माध्यमबाट एकापसमा खुसी साटासाट गर्ने यस पर्व मनाउने नाममा व्यक्तिको इच्छाविपरित जथाभावी रङ्ग लगाउने, लोला तथा फोहोर पानीले हान्ने, बाटो ढुकेर बटुवालाई रङ्ग दल्ने/लोला हान्ने, बाटो अवरोध गरी सवारी साधनहरुबाट रकम असुल्ने, मादक तथा नशालु पदार्थको सेवन गर्ने/गराउने, सामाजिक तथा धार्मिक सद्भाव विथोल्ने अवाञ्छित तथा उछृङ्खल किसिमका कार्यहरु नगर्न/नगराउन र प्रचलित मूल्य मान्यता एवं परम्परालाई निरन्तरता दिई मर्यादित रुपमा पर्व मनाउन सवैमा अनुरोध छ,प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेलद्धारा सूचनामा भनिएको छ।
साथै सूचनाको अवज्ञा गरी प्रचिलत कानून, सामाजिक सद्भाव, शान्ति सुव्यवस्था एवं व्यक्तिगत स्वतन्त्रता विरुद्धका कार्य गरे/गराएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने सूचनामा भनिएको छ।
यस वर्षको होली पर्व चैत ११ र १२ गते परेको छ ।११ गते पहाडी जिल्लामा १२ गते मधेशमा होलीको सार्वजनिक बिदा दिइएको छ।
यस्तो छ,सूचना :
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |