धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलामा ट्रकले ठक्कर दिँदा दुईजना बिद्यार्थीको मृत्यु भएको छ।
बुधबार विहान काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको प्रदेश २–००१ ख ६४१३ नम्बरको ट्रकले ठक्कर दिँदा सिद्दलेक गाउँपालिका-६ परेवाटारका १४ वर्षीय निर्मल श्रेष्ठ र १५ वर्षीय संजिव श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो।
मृतक दुवैजना वेनिघाट रोराङ गाउँपालिका-३ रिचोकटारमा रहेको वागेश्वरी माविको कक्षा आठमा अध्ययनरत बिद्यार्थी हुन्।
ट्युसन पढ्न जाँदै गरेका उनीहरुलाई ट्रकले सोही दिशातर्फ जाँदै गरेको अर्को ट्रकलाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ।घटनापछि भागेको ट्रक र ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बम्जनलाई इलाका प्रहरी कार्यालय वेनिघाटले नियन्त्रणमा लिएको छ ।
दुर्घटनापछि स्थानीयहरुले क्षतिपुर्तिको माग गर्दै सव उठाउन मानेका छैनन् भने राजमार्गको मलेखु क्षेत्रमा दुईतर्फी सडक अवरुद्ध गराएका छन्।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |