पृथ्वी राजमार्ग सँगै जोडिएको धादिङको थाक्रे गाउपालिका-१ ढाडे बाट केही माथि गाउँमा पुग्दा लाग्छ यो त कुनै बगैंचा पो हो की ?
तर, त्यो कुनै बगैँचा नभइ फुलै फुलले ढकमक्क र मगमगाईरहेको मानववस्तीको नाम हो देविस्थान र कार्की डाँडा ।
यो समय फुलै फुलको हो, यस्तै दृश्य थाक्रे गाउँपालिका १ का दुइ गाउँका करिब डेढ सय किसानका पसिनाहरुको अर्कै रुप देख्न सकिन्छ ।
जहाँ कुनै बनावटी नभई डाँडै भरि, पाखै भरी मनै लोभ्याउने सयपत्रीका फुलहरु मगमगाइरहेका छन् ।
थाक्रेका किसानहरु फुलखेती तर्फ आकर्षित भएपछि यतिबेला गाउँ पुरै बगैंचा झै भएको छ । फुलखेतीबाटै राम्रो आम्दानी हुन थालेपछि थाक्रे १ का किसानहरु त्यसतर्फ आकर्षित भएका हुन् ।
लामो समयदेखि फुलखेतीमै रमाउनुभएकी कृषक ठूलीकान्छी क्षेत्री फुल बेचेर वार्षिक २ लाख सम्म आम्दानी हुने गरेको बताउनुहुन्छ ।
६ वर्ष अघि देखि फुल खेती गर्दै आउनु भएकी अर्की पुष्पव्यवसायी लक्ष्मी जोशी भन्नु हुन्छ “कोदो ,फापर , मकै रोप्दा खुमरे किरा लाग्ने , बादर लाग्ने लगायत जंगली जनावरले बिनास गर्न थाल्यो।
अनि अलि अलि गरेर फुल खेती गर्न थालियो फूलखेतीबाट राम्रो आम्दानी हुन् थालेपछि हामीले विगत ५/६ वर्ष अघि देखि फूलखेती गर्न सुरु ग¥यौं ।”
यसवर्ष ४ रोपनी जग्गामा सयपत्री फुल फुलाउनुभएका जोशीले तिहारको समयमा एक झुप्पो फुललाई ६ सय रुपैंयादेखि १ हजार रुपैंयासम्ममा बिक्रि हुने गरेको छ । एक झुप्पो फुलले कम्तीमा पाँचवटा माला बन्ने जोशीले बताउनुभयो ।
फुलखेतीलाइ थप विस्तार गर्न र दिगो बनाउन स्थानीय सरकारले राम्रो विउ विजन र सिँचाइको व्यवस्था गरिदिए आम्दानी बढ्ने र फुलखेती तर्फ अन्य कृषकलाई पनि आकर्षित गराउन सकिने पुष्पव्यवसायीहरु बताउँछन् ।
कृषक शेर बहादुर थापा भन्नु हुन्छ “हाम्रो यो ठाउँमा प्राय सबैले फुल खेती गर्दै आएको छ। मैले पनि २०६० साल देखि फुलखेती गर्न थालेको हुँ । यस वर्ष फुलको मालाबाट तिहारमा मात्रै भाउ पाए करिब १ लाख कमाइ हुने अनुमान ग¥या छु।”
अरु खेती गर्न भन्दा फुलखेती गर्न निकै सजिलो हुने उहाँको भनाई छ। असार साउनमा बजार डुलेर बस्ने समय एकछिन बिरुवा राख्ने र बिरुवा तयार भएपछि एक दिन दुख गरे यस बाट राम्रो आम्दानी लिन सकिने कृषकहरु बताउँछन् ।
पहिला पहिला गाउँमा बाटो नहुदाँ बजार बोकेर बेच्न लानु पर्ने भएपनि अहिले बाटो भएपछि गाऊ गाउमै व्यापारीहरु पुगेर प्रतिष्पर्धी मूल्यमा फुल किन्ने गरेको कृषक थापाले बताउनुभयो ।
थाक्रे गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष श्याम सुन्दर थापाका अनुसार पालिका वा वडामा अहिले कृषि प्राविधिकको व्यवस्था भैसकेकोले अब कृषि प्राविधिकको सल्लाह अनुसार फुलको उत्पादन बढाउने योजना छ ।
आगामी वर्षमा फुलको व्यवसाय गर्न चाहने कृषकलाई वडाबाट बिउ वितरण गरिने वडाध्यक्ष थापाले सुनाउनुभयो ।
“अहिले सिँचाइको बेबस्था नहुदाँ यति राम्रो भएको छ अब सिचाई को लागि हामीले यस वर्ष प्रदेश र केन्द्र सरकारलाई भनेर सिँचाइको बेबस्था गर्न पहल गरिरहेका छौं।” वडाध्यक्ष थापाले भन्नुभयो ।
सिँचाइको व्यवस्था भएपछि अझ यहाँका किसानहरुले अझ बढि उत्पादन लिन सक्ने अपेक्षा गरिएको छ।
अहिले थाक्रे १ मा करिब २ सयदेखि २५० रोपनीमा फूलखेती गरिएको छ । जसमा करिब ६० देखि ७० हजार वटा माला बन्ने फुल उत्पादन भएको छ ।
फुल र मालाको उत्पादनबाट यसवर्ष थाक्रेका किसानले राम्रो भाउ पाए करिब ६० लाख देखि १ करोड सम्मको व्यापार गर्ने अनुमान वडाध्यक्ष थापाले गर्नुभएको छ ।
फुलखेती लगाउने किसानलाई पहिलो बजारसम्म फुल माला बोकेर लैजानुपर्ने बाध्यता थियो । तर अहिले सडक गाउँसम्म पुगेपछि स्थानीय बजारमा मात्रै होइन काठमाडौं पोखराको बजारसम्म थाक्रेका फुल पुग्ने गरेका छन् ।
प्रदेश र केन्द्र सरकारले पनि किसानले उत्पादन गरेको फुलको बजारलाई व्यवस्थापनमा सहयोग गरे अन्य स्थानीयलाई पनि व्यवसायीक फुलखेति तर्फ आकर्षित गर्न सकिने पुष्प व्यवसायीहरुले बताएका छन् ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |