दादुरा–रुवेलाको खोप देशब्यापी रूपमा लगाइदैँछ ।
आजदेखी जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा फागुन १३ देखी चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो ।
धादिङमा भने दुई चरणमा खोप अभियान सञ्चालन गरिदै छ ।स्वास्थ्य कार्यालय धादिङले जिल्लाको १३ वटै पालिकाहरुमा खोप अभियान सञ्चालन गर्ने भएको हो ।
पहिलो चरणमा आजदेखी १९ गतेसम्म धुनिबेसी नगरपालिका, खानियाबास, गंगाजमुना, त्रिपुरासुन्दरी, गजुरी, गल्छी, बेनिघाट रोराङ र थाक्रे गाउँपालिकामा संचालन हुने छ ।
त्यस्तै दोस्रो चरणमा फागुन २१ गते देखि २७ गतेसम्म निलकण्ठ नगरपालिका, ज्वालामुखी, सिद्धलेक र नेत्रावती डबजोङ गाउँपालिकामा संचालन हुने भएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |