धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–२ नलाङ गरमछापका मिलन विश्वकर्मा भ्वाईस अफ नेपाल सिजन ५ को नकआउटमा प्रवेश गरेका छन्।
नेपालकै चर्चित रियालिटि सो द भ्वाईस अफ नेपालको शनिबार भएको व्याटल राउण्डमा उत्कृष्ट प्रस्तुति दिएर कोचको मन जित्न सफल भएपछि उनले नक आउटको यात्रा तय गरेका हुन् ।
कोच राजेश पायल राईको टिममा रहेका मिलनको ब्याटल सोहि टिमका अर्को प्रतिस्पर्धी जुम्लाका अर्जुन सुनारसँग परेको थियो।
उनिहरुले उदित नारायण झाको स्वर, दयाराम दाहालको शब्द तथा सचिन सिंहको संगितमा रहेको ‘मायाले बाध्यो लौ रेशम’ बोलको गित गाएका थिए ।
दुवैले निकै राम्रो प्रस्तुति दिएका भएपनि कार्यक्रमको नियम अनुसार नक आउटमा एक जनालाई मात्र लिएर जानु पर्ने भएकोले राजेशले धादिङका मिलनलाई छानेका हुन् ।
अन्य कोचहरु मिलन नेवारले अर्जुनको प्रस्तुति मन पराएकी थिईन भने कोच प्रमोद खरेल र कोच उदय सोताङले मिलनको प्रस्तुतिलाई मन पराएका थिए ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |