धादिङ,२६ पुष।
धादिङको धार्के सहित २० वटा चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी चार्जका लागि निर्मित २० वटा स्टेसन सञ्चालनमा ल्याएको हो ।
देशका विभिन्न स्थानमा निर्माण गरेका चार्जिङ स्टेसन परीक्षणपछि सञ्चालन ल्याएको हो । प्राधिकरणका अनुसार धादिङको धार्केमा जीबीटी र सीसीएस चार्जिङ स्टेसन सञ्चालनमा आएको छ।
मुग्लिनमा सीसीएस, चितवनको पारस बसपार्कमा सीसीएस र जीबीटी, काठमाडौं उपत्यकाको साझा यातायात सेवा, बल्खुमा जीबीटी र सीसीएस, नेपाल विद्युत प्राधिकरणको केन्द्रिय कार्यालय रत्नपार्कमा सीसीएस स्टेसन सञ्चालनमा ल्याएको हो ।
यसैगरी साझा पुल्चोकमा जीबीटी, नेपाल पुलिस क्लबमा सीसीएस, सिन्धुलीको खुर्कोटमा दुईवटा जीबीटी, सिन्धुली बसपार्कमा जीबीटी, इलाका प्रहरी कार्यालय बर्दिबासमा जीबीटी र सीसीएस, सर्लाहीमा हरिवनमा जीबीटी र सीसीएस, कास्कीमा कालिका फ्युल (एपीएफ) मा दुईवटा र टुरिष्ट बसपार्क पोखरामा गरि २० वटा चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |