धादिङ आवाज,१५ असोज ।
त्रिपुरासुन्दरी गाउँपालिका २ सल्यानटारमा हुने महोत्सवको लागि कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो । दुर्घटना परि मृत्यु हुनेमा कपिलवस्तुका अन्दाजी ३५ बर्षिय इन्द्रजित पासी, अन्दाजी २५ बर्षिय सहदाम अन्सारी ररहेका छन्। यस्तै घाईते हुनेहरुमा ट्रकका चालक मकवानपुरका ३९ बर्षिय सुर्य बहादुर थिङ, १८ बर्षिय अनिल थिङ, भारतका २० बर्षिय मोहम्मद जुवेद, कपिलवस्तुका ५८ बर्षिय साधु धुबी, ५१ बर्षिय मंग्र पासी, २२ बर्षिय बिनोद चमार, २८ बर्षिय तुलसीराम पासी, कञ्चनपुरका २४ बर्षिय भिम बहादुर चौधरी रहेको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम वि.कले जानकारी दिनुभयो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |