धादिङ । धादिङमा आयुर्वेद सेवा लिने बिरामीहरु बढ्दै गएका छन् ।चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्म १४ हजार भन्दा बढिले सेवा लिएका छन् ।
बिहिबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङको आयोजनामा आयुर्वेद सेवा प्रवद्धर्नका लागि पत्रकारहरुसँग भएको अन्तक्रिया कार्यक्रममा कार्य प्रगति विवरण प्रस्तुत गर्दै आयुर्वेद कार्यालय प्रमुख डा.अमुल्य दाहालले चालु आ.व. २०८०/०८१ को हालसम्म १४ हजार ३९२ जना नागरिकले सेवा लिएको बताउनुभयो ।
उहाँका अनुसार ४ हजार ३९६ ले बहिरंग सेवा, १ हजार १११ जना ज्येष्ठ नागरिक, ८६ जना स्तनपायी आमा, २ हजार ६३६ जनाले पुर्वकर्म पञ्चकर्म, ७३७ ले प्याथोलोजी ल्याब सेवा, ८०५ जनाले अकुपञ्चर सेवा, ८०१ ले फिजियोथेरापी सेवा र नागरिक आरोग्य सेवा केन्द्रबाट ३ हजार ७५७ गरी १४ हजार ३९२ जना नागरिकले सेवा लिएका छन् ।
आयुर्वेद सेवातर्फ सेवाग्राहीको आर्षण बढेको र धादिङमा दैनिक ८० भन्दा बढीले सेवा लिने गरेको डा.दाहालले बताउनुभयो ।आयुर्वेद सेवामा उपचारात्मक र प्रवर्धनात्मक सेवा संचालन गरिएको बताउँदै डा. दहालले १६ शैय्याको अस्पताल भनिएपनि एकजना पनि भर्ना गरेर राख्न मिल्ने अवस्था भने नभएको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले मौलिक चिकित्सा प्रणाली आयुर्वेद भएकोले प्रचारप्रसार गर्न संचारकर्मीहरुलाई आग्रह गर्नुभयो।
यस्तै आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका संचालन तथा व्यवस्था
पन समिति अध्यक्ष भरत ढुङगानाले सरकारले व्यवस्थापन समिति गठन गरेर काम गर्न नदिएको भन्दै हातखुट्टा बाँधेर काममा पठाएको आरोप लगाउनुभयो। आफ्नो कार्यकालमा आयुर्वेद भवन बनाउने प्रकृया अघि बढेको ढुंगानाले बताउनुभयो।अन्तक्रिया कार्यक्रममा सहभागि सरोकारवालाहरुले आयुर्वेद स्वास्थ्य केन्द्रमा उपलब्ध सेवाहरु प्रवद्र्धन गर्नुपर्नेमाजोड दिएका छन् ।
आयुर्वेद स्वास्थ्य केन्द्रका संचालन तथा व्यवस्थापन समिति अध्यक्ष ढुङगानाको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी पराजुलीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा धादिङ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुरेन्द्रप्रसाद भट्ट, स्वास्थ्य कार्यालय धादिङका प्रमुख विभु कुमार झा,पत्रकार महासंघका अध्यक्ष राजाराम शर्मा, आयुर्वेदमा कार्यरत कर्मचारीहरु तथा बिभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
पछिल्लो समय जिल्लाका बिभिन्न स्थानबाट पेट दुख्ने, खान नरुच्ने, ग्याष्ट्रिक, ढाड, कम्मर दुखेको जस्ता समस्या भएका बिरामीहरु आयुर्वेद औषधालय तथा नागरिक आरोग्य केन्द्रमा धाउन थालेका भन्दै केन्द्रका सुचना अधिकारी प्रकाश सापकोटाले आयुर्वेद उपचार पद्धतीमा नागरिकको विश्वास बढदै गएको बताउनुभयो।
हाल जिल्लाको ६ वटा स्थानीय तहबाट आयुर्वेद स्वास्थ्य सेवा प्रवाह भईरहेको छ ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट बिभिन्न २३ प्रकारको आयुर्वेद औषधी निशुल्क पाउने बताउनु भयो । त्यस्तै केन्द्रको शशुल्क फार्मेशीमा बिभिन्न ६० प्रकारको औषधी पाईने पनि बताउनुभयो ।
विश्वको सबैभन्दा पुरानो चिकित्सा पद्धतिका रुपमा रहेको आयुर्वेद चिकित्सा पद्धति मानिन्छ। यसले गर्दा पनि पछिल्लो समय आयुर्वेद उपचारमा धेरैको आकर्षण बढ्दै गएको छ ।
आयुर्वेद स्वास्थ्य संस्थाबाट साधारण उपचार, स्तनपायी, ज्येष्ठ नागरिक, पूर्वकर्म पञ्चकर्म, शिविर लगाएतका बिभिन्न कार्यक्रम सञ्चालन गरिदै आएको छ।
सदरमुकाम धादिङबेशीमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ भने सिद्धलेक, नेत्रावती डवजोङ, थाक्रे, गल्छी, ज्वालामुखी गाउँपालिका र धुनिबेशी नगरपालिकामा नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा दिन थालिएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |