धादिङ,०१ श्रावण।
धादिङबेशीबाट प्रकाशन हुने ‘धादिङ आवाज दैनिक’ २५ औँ वर्षमा प्रवेश गरेको छ।
विकास, विचार र ताजा समाचारको स्वतन्त्र खुराक भन्ने मूल नारासहित प्रकाशन हुने दैनिक पत्रिका ‘धादिङ आवाज दैनिक’ आजबाट २५ औँ वर्षमा प्रवेश गरेको हो । यो पत्रिका २०५६ साल देखी निरन्तर प्रकाशित हुदैँ आएको छ ।
धादिङ जिल्लालाई मुख्य कार्य थलो बनाई जिल्लामा नै केही गर्नुपर्दछ भन्ने मान्यता अनुसार छापा संचार माध्यम मार्फत जनतालाई सूसूचित गर्ने उद्देश्यका साथ जिल्लाको जेठो र धादिङको एक मात्र दैनिक पत्रिका धादिङ आवाज दैनिक प्रकाशन गरी जिल्ला भर वितरण गर्दै आएको अवगत नै छ । समयको माग र कोभिड १९ को कारण उत्पन्न असहज परिस्थिति र बिद्युतीय तथा समाजिक संञ्जालको पहुँच बृद्धिसँगै सबैमा सूचनाको पहुँच सहजताको लागि धादिङ आवाजको अनलाईन संस्करण पनि शुरुवात गरेका छौं ।
मोफसलमा रही छापा संचार माध्यम संचालन गर्दा आइपर्ने सवै खाले समस्याहरुमा तपाईहरुको साथ सहयोगबाट नै हामी विगतका दिनमा अघि बढ्दै आएका हौ । बिगतमा गर्नु भएको सहयोगको लागि हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा तपाईहरुको निरन्तर सर—सहयोग प्राप्त गरिरहने छ भन्ने हामीले विश्वास गरेका छौं ।
जिल्लाको सरकारी तथा गैर सरकारी निकायहरुबाट जनताहरुको लागि संचालित कार्यक्रमहरुको राम्रा पक्षहरुलाई प्रचार गर्ने र कमीकमोरीहरु हटाउन खबरदारी गर्दै विकास विचार र ताजा स्वतन्त्र समाचार तथा लेख रचना मार्फत जनताहरुलाई निरन्तर रुपमा सूसुचित गराउने हाम्रा अभियान हो । यसमा आफ्नो व्यवसायको विज्ञापन प्रकासन गरी लाभ लिन पनि सकिन्छ ।
आदरणीय लेखक तथा बिज्ञापनदाता ज्यूहरु
धादिङ जिल्लाको जेठो पत्रिका धादिङ आवाज दैनिक विगत २४ बर्ष देखि निरन्तर प्रकाशित भैरहेको व्यहोरा यहाँलाई अवगत गराउन चाहन्छु। २५ औ बर्ष प्रवेशको यस सुखद घडीमा यहाँहरुले प्रदान गर्नु भएको स्नेह, सद्भाव र सहयोग प्रति हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।
विकास, विचार र समाचारको ताजा खुराकको रुपमा पाठकहरुका सामू पस्कने उद्देश्यका साथ सञ्चालित यस पत्रिकाको यहाँको सँस्थासँग स्थापनाकाल देखि नै सहयोग र सम्बन्ध रहेको कुरा पनि सादर जानकारी गराउन चाहन्छौँ ।
हाम्रो यस प्रयासमा यहाँको सहयोग, समन्वय र साझेदारी कायम रहि रहने आशा गर्दै आगामी दिनमा अझ सम्बन्ध प्रगाढ गराउने अठोट गर्दछौँ। पाविल प्रकाशन प्रालिबाट प्रकाशित धादिङ आवाज दैनिक पत्रिका तथा धादिङ आवाज अनलाईनमा लेख,समाचार,रचना तथा बिज्ञापनहरु उपलब्ध गराई सहयोग गरी दिनु हुन हार्दिक अनुरोध गर्दछौ ।
लेख तथा बिचारहरु निम्न बिषयबस्तु केन्द्रित गर्न सकिने छ ।
क-शैक्षिक गतिविधिहरु,बाल मैत्री शिक्षण, ख-आर्थिक मुद्दा, ग-सामाजिक,सांस्कृतिक, घ-विकास निर्माण र यसको प्रभाव, ङ-जानकारीमुलक सामाग्रीहरु ,च-राजनैतिक बिश्लेषण,छ-शासन प्रणाली,महिला,बालबालिका,दलित,जनजाथिकाका सवाल तथा मुद्दाहरु, वन,सामुदायिक स्वास्थ्य, कृषि विकासका विभिन्न आयामहरु, प्रर्यटन, मनोसामाजिक, साहितिक,जलस्रोत, बैदेशिक रोजगारी,कानुन,बैकिङ्ग सहकारी आदिको लेख तथा रचनाहरु प्रकाशन गर्न सकिने छ ।
आज स्थापना दिवसमा प्रकाशन निरन्तरतामा साथ दिने लेखक, समालोचक, राजनीतिक कार्यकर्ता, संवाददाता, विज्ञापनदाता, पाठक, ग्राहक, पत्रिकामा आबद्ध सञ्चारकर्मी तथा कर्मचारी, पत्रिका वितरक तथा अन्य सहयोगीहरूकोसहयोग र साथले हामीलाई उत्साह थपेको छ, प्रेरणा मिलेको छ । यहाँहरूको सहयोग र स्थान विगतमा झैँ आगामी दिनमा पनि पाइरहनेमा हामी विश्वस्त छौँ । यहाँहरू सबैमा ‘धादिङ आवाज दैनिक’को तर्फबाट हामी धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।
दामोदर अर्याल
सम्पादक
धादिङ आवाज दैनिक
निलकण्ठ नगरपालिका ३ पुछारबजार धादिङबेसी
फोन÷फ्याक्स ०१०–५२०६१५,
मोवाइल ९८५११२८२२८
Email [email protected]
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |