धादिङमा जिल्लास्तरीय पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ।
नयाँ बर्ष २०८१ को पावन अवसरमा विल्केश्वर युवा क्लबले धादिङ कबड्डी संघको सहकार्यमा चैत २९ देखी जिल्लास्तरीय पुरुष कबड्डी प्रतियोगिता हुने भएको हो।
प्रतियोगिताको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार तथा तेस्रो हुने टिमले ७ हजार नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने विल्केश्वर युवा क्लबका अध्यक्ष बिकाश गरंजाले जानकारी दिनुभयो।
साथै बेस्ट रेडर, बेस्ट डिफेण्डरलाई पनि सम्मान गरिने बताउनुभयो।
२०८१ बैशाख १ गते सम्म संचालन हुने प्रतियोगितामा जिल्लाको जुनसुकै स्थान बाट पनि सहभागी हुने पाउने तर खेलाडीहरु भने जिल्ला भित्रकै हुनुपर्ने,अन्य जिल्लाका खेलाडीहरु समावेश हुन नपाउने र खेलाडीको तौल ७० के.जी.भन्दा कम हुनुपर्ने गरंजाले बताउनुभयो।
आयोजकले प्रतियोगितामा टिम दर्ताको लागि चैत्र २६ गतेसम्म समय तोकेको छ।
खेलमा समावेश हुने सम्पूर्ण खेलाडीहरुको पचास हजार सम्मको बिमा गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता बारे थप जानकारीको लागी सम्पर्क : ९८०२३३१८००, ९८०३३०३३९७
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |