धादिङ–धादिङ निर्माण व्यवसायी सङ्घकोे अध्यक्षमा राजेन्द्र अधिकारी चयन हुनुभएको छ।धादिङबेशीमा शुक्रबार भएको चौथो जिल्ला अधिवेशनले अधिकारीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा केशव सिलवाल(कमल), द्धित्तिय उपाध्यक्षमा वासुदेव जम्कटेल, महासचिवमा धर्मराज लोहनी, सचिवमा दिलिप पौडेल र कोषाध्यक्षमा राजेन्द्र भण्डारी चयन हुनुभएको छ।
त्यस्तै सदस्यहरुमा ऋषि खतिवडा, बालकृष्ण श्रेष्ठ, माधवीर सिह गिदेल मगर , युनियन बन्जरा, संगीत सुवेदी ,चेतना थापा, जयराम रिमाल, राज कुमार अधिकारी र नवराज नेपाल चयन हुनुभएको छ भने दुई सदस्य राम प्रसाद ढकाल र रामकृष्ण बस्यौलालाई मनोनित गरिएको छ।
राम कुमार श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनमा नेपाल निर्माण व्यवसायी महासङ्घका उपाध्यक्ष टाप बहादुर रायमाजीको प्रमुख आतिथ्यता तथा निर्माण व्यवसायी सङ्घ बागमती प्रदेश अध्यक्षमा सुमित श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |