धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–१ का विभिन्न ठाउँमा एक हजार रोपनीमा लगाइएको अफिम खेती नष्ट गरिएको छ।
आईतबार जिल्ला प्रहरी कार्यालय धादिङ र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको प्रहरी टोलीले बेनीघाट रोराङको बासखर्क‚ सिमटार‚ जरुङ‚ सुन्दरनागी‚ थामभञ्ज्याङ‚ लामाटार‚ ब्रुम्दी लगायतका स्थानहरुमा करिव १ हजार रोपनीमा लगाईएको अवैध रुपमा लगाइएको अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिनुभयो।
अफिमको व्याड‚ बेर्ना, खेती फडानी गरी नष्ट गरिएको केसीले बताउनुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |