नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ छिचोल्न दुई मिटर खन्न बाँकी रहेको छ।
सुरुङ छिचोल्ने अवस्थामा पुगेको भए पनि मिति भने तय भइनसकेको आयोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिनुभयो ।
ब्रेक ’थ्रु’ को मिति चाँडै तय हुने पनि दुमरुले बताउनुभयो ।
यसअघि गएको फागुन २३ गते नै सुरुङ छिचोल्ने मिति तय भएकोमा स्थानीयवासीले काममा अवरोध गर्दा हुन सकेको थिएन। स्थानीयवासीसँगको सहमतिपछि गएको चैत ६ गतेदेखि फेरि काम शुरु भएको हो ।
सुरुङ छिचोलेपछि सुरुङलाई थप सुधार गर्नुपर्ने भएकाले गाडी चलाउन थप एक वर्ष लाग्ने उपनिर्देशक दुमरुले बताउनुभयो ।अहिले थानकोटमा फ्लाईओभर निर्माण भइरहेको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |