धादिङ । नेकपा एमाले धादिङ–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा कमल थापा मगर चयन भएका छन् । काठमाडौँमा भएको १२औं सम्मेलनले कमल थापा मगरको अध्यक्षमा ३५ सदस्यीय कमिटी निर्विरोध निर्वाचित गरेको छ ।
कमिटीको उपाध्यक्षमा होम प्रसाद जमकट्टेल (केदार) र शुभद्रा थापा, सचिवमा नारायण आचार्य, उपसचिवमा एकराज सेढाई र प्रतिमा कँडेल, कोषाध्यक्षमा कमल श्रेष्ठ निर्वाचित भएका हुन् ।
सदस्यहरुमा कृष्णप्रसाद खतिवडा, प्रेमनाथ दुवाडी (विश्वराम), ठाकुर सेढाई, काजिमान तामाङ, हरिप्रसाद तिवारी, दिपक गुरुङ, ईन्द्र राना, शिवप्रसाद ढुंगाना, रामेश्वर पाठक, रमेश पण्डित, राजकुमार गिरी, सन्तोष पाण्डे, थामसिं तामाङ, ए माया तामाङ, निश्चल खत्री, महेश राना मगर, लक्ष्मी पौडेल, सुस्मा थापा, मिना अधिकारी, निता शाहि बुढाथोकी, रेशिका मगर, सुजन आचार्य, दर्शन खतिवडा, राजु श्रेष्ठ, शेर बहादुर दाहाल, बासु थापा मगर, पविन मगर र जयन्द्र खतिवडा निर्वाचित भएका छन् ।
निर्वाचित कमिटीलाई सोमबार पद तथा गोपनीयताको सपथ ग्रहण गराइएको छ ।
अध्यक्ष थापा मगरलाई निर्वाचन कमिटीका संयोजक मेनुका दुवाडीले र बाँकी पदाधिकारी सहित सिंगो कमिटीलाई नव निर्वाचित अध्यक्ष थापाले सपथ ग्रहण गराएका हुन् ।
शनिबारदेखि शुरुभएको सम्मेलनबाट सहमतिको आधारमा कमिटी चयन गर्दै सोमबार सम्पन्न भएको हो ।नवनिर्वाचित कमिटीको कार्यकाल दुई वर्षको हुनेछ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |