धादिङ। नेकपा एमाले सिद्धलेक गाउँपालिका कमिटीको अधिवेशन भोलि बिहीबार हुने भएको छ।
सिद्धलेक गाउँपालिका-४ आरुवासटारमा हुने दोश्रो गाउँपालिका अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले सिद्धलेक गाउँपालिका कमिटीका सचिव रामहरी बराकोटीले जानकारी दिनुभयो।
अधिवेशनको नेकपा एमालेका संगठन विभाग प्रमुख भानुभक्त ढकालले उद्घाटन गर्ने तय भएको सचिव बराकोटीले बताउनुभयो।
पार्टीका केन्द्र, प्रदेश र जिल्ला कमिटीका नेताहरुको समेत आतिथ्य रहने अधिवेशनमा पालिकाभरीबाट २०१ जना प्रतिनिधिको सहभागिता रहने उहाँले बताउनुभयो।
अधिवेशनले आगामी ३ बर्षका लागि ५७ सदस्यिय कार्य समिति चयन गर्ने जनाएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |