धादिङ– नेपाली कांग्रेस धादिङको जिल्ला सम्मेलन यहि असोज १९ गते धादिङबेसीमा हुने भएको छ।
जिल्ला सम्मेलन सम्पन्न गर्न कांग्रेस धादिङका सभापती रामनाथ अधिकारीको संयोजकत्वमा मूल आयोजक समिति सँगै बिभिन्न समितिहरु गठन गरिएको छ।
उक्त समतिमा जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य, २ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापती, ४ प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सभापती, १३ वटा पालिका कार्यसमिति, १०४ वडा कार्यसमितिका सभापती, १२ भातृसंस्थाका जिल्ला अध्यक्ष र १० शुभेच्छुक संस्थाका जिल्ला अध्यक्ष रहने कांग्रेस धादिङले जनाएको छ ।
त्यस्तै जिल्ला कार्यसमितिका सदस्य दीपक कोइराला र नेपाल विद्यार्थी सघंका पुर्व केन्द्रिय सदस्य भरत भट्टलाई राजनीतिक प्रतिवेदन तयारी समितिको जिम्मेवारी दिएको छ भने जिल्ला सचिव रामकृष्ण पाण्डेको संयोजकत्वमा विकास श्रेष्ठ, बद्री अर्याल, नारायणप्रसाद पोखरेल, मदनकुमार श्रेष्ठ, राजेन्द्र अर्याल र मञ्जु त्रिपाठीलाई सांगठनिक प्रतिवेदन तयारी समितिको जिम्मेवारी दिईएको छ।
कोषाध्यक्ष रामप्रसाद अधिकारीको संयोजकत्वमा आर्थिक प्रतिवेदन तयारी समिति, सहसचिव नवराज तिमल्सिनाको संयोजकत्वमा सुचना प्रविधि संयोजन समिति र प्रवक्ता विनोद तिमल्सिनाको संयोजकत्वमा प्रचार–प्रसार समिति गठन गरिएको कांग्रेस धादिङले जनाएको छ ।
सम्मेलनकोे दिन बृहत रक्तदान कार्यक्रम समेत हुने जनाएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |