नेपाल ‘ए’ ले आज आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो खेल खेल्दैछ ।
बिहीबार शुरु हुने घरेलु मैदानमा ट्वान्टी-२० शृंखलामा वर्षा कारण रोकिएपछि नेपाल क्रिकेट संघ(क्यान) ले पुनः नयाँ तालिका निकालेको हो। नयाँ तालिकाअनुसार नेपाल र उल्भ्सले आज पहिलो, शनिबार दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन्।
यसअघि आयरल्याण्ड उल्भ्सले रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टिमसँग दुई ट्वान्टी-२० क्रिकेट खेलेको थियो । दुवै खेलमा हार व्यहोरेको आयरल्याण्ड उल्भ्स आज पहिलो जितको खोजीमा हुनेछ।
उल्भ्सविरुद्ध नेपाल ‘ए’ विनोद भण्डारीको कप्तानीमा उत्रिनेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १ बजे शुरु हुनेछ ट्वान्टी-२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन्।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |