बाग्मती प्रदेशको श्रम तथा रोजगार नीति सार्वजनिक गरिएको छ। आज हेटौंडामा प्रदेश को श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशको श्रम तथा रोजगार नीति सार्वजनिक गरेकाे हो।
श्रम तथा रोजगार नीति सार्वजनिक कार्यक्रमको उद्घाटन् गर्दै प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले रोजगारी श्रीजना गर्ने नीति अगाडि सारेको बताउनु भएको छ । अब सरकारले समुदायमा आधारित कृषिको मोडल बनाएर रोजगारीसँग जोड्ने बताउनुभयो ।
अहिले प्रदेश सरकारले १४ करोड रुपैयाँ बजेट छुट्याएर त्यसबाट २० हजार किसानलाई जोड्ने दाबी गर्नुभयो । अब सीप सिकेर मात्र विदेश जानुपर्नेगरी सबै युवाहरुलाई सीप सिकाउनेतर्फ आफूहरु लागिपरेको बताउनुभयो ।
बाग्मती प्रदेशका पत्रकारहरुका लागि पनि सामाजिक सुरक्षा कोषमा जानका लागि ५० लाख रुपैयाँ प्रदेश सरकारले छुट्याएको तर, यसमा काम गर्नका लागि महासंघले योजना नल्याएको बताउनुभयो ।
कार्यक्रममा प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले संविधान भित्र रहेर मन्त्रालयले श्रम तथा रोजगार नीति ल्याएको बताउनुभयो ।
श्रमिकहरुको विकास गरेपछि मात्र राष्ट्रको विकास हुने बताउनुभयो । यो नीतिले वैदेशिक रोजगारमा जानेहरुलाई पनि न्यूनीकरणमा सहयोग पुग्ने मन्त्री लम्सालले बताउनुभयो ।अब मन्त्रालयले नीयम, कानुन र मापदण्ड बनाएर अगाडि बढ्ने पनि उहाँले बताउनुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |