धादिङ।आज ५९औँ राष्ट्रिय बाल दिवस, दिवसको अवसरमा प्रयास नेपाल धादिङले जिल्ला कारागार धादिङमा रहेका बालबालिकाहरुलाई स्टेशनरी र कपडा वितरण गरेको छ।
विभिन्न अपराधमा जेल सजाय भोगि रहेका अभिभावकहरुको साथमा कारागारमा बस्दै आएका ३ जना बालबालिका हरुलाई कारागारका प्रमुख राममणि मिश्रको समन्वयमा स्टेशनरी तथा कपडा वितरण गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो।
प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले विभिन्न साझेदार संस्थाहरुको सहयोगमा मुख्यतः बालबालिकाको अधिकारको संरक्षण, विकास, जीवनस्तर सुधार, स्वास्थ्य, शिक्षा, वातावरण जस्ता सामुदायिक विकास कार्य गर्दै आईरहेको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |