धादिङ । प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले जिल्लाका दुई पत्रकारलाई पुरस्कृत गरेको छ ।
पत्रकार अर्जुन श्रेष्ठ प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०७९ र राजाराम डंगोल प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०८० बाट पुरस्कृत हुनुभएको हो ।
नागरिकको सूचनाको हक एवं अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि उल्लेखनीय योगदान पु¥याउदै आएको भन्दै क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको हो ।
२०६७ सालदेखि सक्रिय पत्रकारितामा रहेका श्रेष्ठ हाल नयाँ पत्रिका राष्ट्रिय दैनिकका जिल्ला संवाददाता, रेडियो धादिङका कार्यक्रम संयोजक र नेपालपथ डटकमका सम्पादक हुनुहुन्छ ।
त्यस्तै डंगोल रेडियो कृषिको कार्यक्रम संयोजक तथा टोलटोलको खबर डटकमको संचालक हुनुहुन्छ ।
पुरस्कृत हुनुभएका श्रेष्ठ र डंगोललाई नगदसहित सम्मान–पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको हो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |