जिल्ला प्रशाासन कार्यालय धादिङले प्लाष्टिकजन्य फूलगुच्छा तथा मालाको प्रयोग नगर्न अनुरोध गरेको छ।
प्रशासनले मंगलबार एक सूचना जारी गर्दै नेपालीहरूको मुख्य पर्वहरु शुभ दिपावली, नेपाल सम्वत् तथा छठ पर्व लगायत मेला महोत्सव तथा अन्य सभा समारोहहरूमा प्लास्टिकका फूलगुच्छा तथा मालाहरुको प्रयोग नगर्न अनुरोध गरेको हो।
प्लाष्टिकजन्य सामग्रीहरूको प्रयोगले वातावरण प्रदुषण हुने, स्थानीय कृषकहरुबाट उत्पादित फूलले बजार नपाउने तथा ठूलो धनराशी बाहिरिने जस्ता समस्याहरु देखिने भएकाले प्लाष्टिकजन्य फूलगुच्छा, माला लगायतका सामग्रीहरुको प्रयोग तथा विक्रिवितरण नगर्न आग्रह गरेको हो ।
प्लाष्टिकजन्य सामाग्रीको साटोमा स्थानीयस्तरमा उत्पादित फूल तथा कृषि उपजहरुको प्रयोग गर्न सार्वजनिक निकाय, राजनैतिक दल, उद्योग व्यवसायी, नागरिक समाज लगायत सम्पूर्ण जिल्लावासीहरुमा अनुरोध छ, जारी सूचनामा भनिएको छ ।
साथै प्रशासनले जारी गरेको सूचनाको अवज्ञा गरी प्लाष्टिकजन्य फूलगुच्छा, माला आदिको उत्पादन, विक्रि वितरण वा भण्डारण गरेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही गरिने समेत जनाएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |