धादिङ–धादिङको धुनीबेसी नगरपालिका–९,जुगेडीमा व्यवसायिक रुपमा फुलखेती गर्दै आउनु भएका एक दम्पतीले बार्षिक ८ लाखभन्दा बढी आम्दानी लिने गरेका छन् ।
१८ वर्षदेखि व्यवसायिक रुपमा फूलखेतीमा लागेका हेमलाल र रमाको जोडी उदाहरणीय बनेको छ ।नौविसे आसपासका क्षेत्रमा जग्गा भाडामा लिएर दार्जीलिङबाट आएका केही व्यक्तिले फूलखेती गरेको देखेपछि हेमलालले पनि व्यावसायिक रुपमा फूलखेती गर्ने योजनासहित २०६० सालबाट फूलखेती सुरु गर्नु भएको हो ।
२०६१ सालमा काभ्रेपलाञ्चोक पाँचखालकी रमा श्रेष्ठसँग विवाह गरेका हेमलाल र रमाको जोडी अहिले फूलखेतीमा रमाउँदै आईरहेका छन् ।हेमलालले सुरुमा ग्याड्स र सयपत्री फूलखेती गैनु भएको थियो । त्यसबाट कमाइ राम्रै हुँदै गएपछि हरेक वर्ष लगानी बढाउँदै खेती बिस्तार गर्दै गएको उहा बताउनु हुन्छ ।
२०७२ सालमा १० लाख लगानी डुबेपछि भने केही समय थप लगानीको अभाव भएको श्रेष्ठको भनाइ छ । लगानी अभाव बढ्दै गएपछि केही समय तरकारी खेती गरेर पैसा संकलन गरी पुनः फूलखेतीमा लगानी गरेको उहा बताउनु हुन्छ ।
अहिले उहाको लगानी १४ लाख रुपैयाँ पुगेको छ । उहाले आठ रोपनी जग्गामा फुलखेतीका लागि १५ वटा टनेल बनाउनु भएको छ । टनेल नरहेको जग्गामा भने तरकारी खेती गर्नु भएको छ ।
आफ्नो मुख्य खेती फूल नै भएको उहा बताउनु हुन्छ । गत वर्ष तीन टन फूल बेचेर ६ लाख ९६ हजार आम्दानी भएको उहाले बताउनु भयो । सरकारले पुष्प व्यवसायलाई खासै प्राथमिकता नदिएको हेमलालको गुनासो छ।
नेपालमा फूलखेतीको प्रचुर सम्भावना भए पनि भारतीय फूलले नेपाली व्यवसाय छायामा परेको उहाको गुनासो छ । फूलखेतीबाट छोराहरू पढाएको उहा बताउनु हुन्छ ।
घर खर्च पनि यसैबाट चलेको उहाले बताउनु भयो। कमाइका हिसाबले वार्षिक आठ लाखभन्दा बढी कमाइ हुने गरेको श्रेष्ठको भनाइ छ । नेपालमा फूलखेतीको सम्भावना रहेकाले हरेक वर्ष किसानहरू फूलखेतीमा लाग्नुपर्ने बताउनु भयो ।
पुष्प खेतीको पचार–प्रसार गर्न आवश्यक छ । जन्मदेखि मृत्यु संस्कारमा सवै जाति धर्मका लागि आवश्यक हुने पवित्र फूलखेतीमा सरकारले सहयोग गर्नुपर्ने हेमलालको भनाइ छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |