धादिङ। धादिङमा बजार अनुगमन जारी रहेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली नेतृत्वको बजार अनुगमन टोलीले अनुगमनलाई तीब्रता दिएका छन् । मंगलबार र बुधबार पृथ्वी राजमार्गअन्तर्गत थाक्रे र धुनिबेशीमा सञ्चालित होटल तथा खाजा घरहरुको अनुगमन गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ।
कार्यालयका अनुसार १८ वटा होटलको अनुगमन गर्दा ९ वटा होटल तथा खाजा घरलाई ९५ हजार जरिवाना गरिएको र ८ हजार ३ सय रुपैँया बराबरको म्याद नाघेका, सडेगलेका सामाग्रीहरु जफत गरी नष्ट गरिएको छ ।
अनुगमन टोलीले थाक्रे–१ एकलेफाँटमा रहेको होटल भिमेश्वरलाई पाँच हजार, धुनिबेशी–६ मितेरीटोलको ग्रिन गार्डेन होटललाई १० हजार, धुनिबेशी–९ सिक्रेखोलाको हिमालयन त्रेमा कफीलाई ५ हजार,सोही ठाउँको दर्ता नभएको प्रविण तामाङको होटललाई ५ हजार जरिवाना तिराइएको घरेलु कार्यालयले जनाएको छ ।
त्यस्तै धुनिबेशी–९ कानाकोटको हाईवे रेष्ट सेन्टरलाई १० हजार, धुनिबेशी–६ थाक्रेबजारको न्यु सफलता स्टाफ होटललाई १० हजार, धुनिबेशी–६ चालिसे गंगटेको न्य विश्वास होटललाई २० हजार र धुनिबेशी–६ नौबिसेको न्यु पल्पसा क्याफे साईडलाई २० हजार जरिवाना तिराइएको छ।
जरिवाना गरिएको फर्ममा म्याद नाघेको बस्तु विक्रिको लागि राखेको,मुल्यसुची अद्यावधिक नभएको, नापतौल यन्त्र नविकरण नभएको, किचन सरसफाई नभएको तथा तोकिएको भन्दा बढि मुल्यमा सामान बिक्रि गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिनुभयो ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय धादिङ, घरेलुु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोट र राष्ट्रिय उपभोक्ता मञ्चको सहभागिता रहेको थियो।file photo
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |