धादिङ। धादिङमा बजार अनुगमन जारी रहेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली नेतृत्वको बजार अनुगमन टोलीले अनुगमनलाई तीब्रता दिएका छन् ।
शुक्रबार नीलकण्ठ नगरपालिका ३ र ८ स्थित धादिङबेशी बजारको खाद्यान्न तथा किराना पसलहरुको अनुगमन गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ।
कार्यालयका अनुसार ५ वटा फर्मको अनुगमन गर्दा ३ वटा पसललाई ८५ हजार जरिवाना गरिएको र ५६ हजार ७ सय रुपैँया बराबरको म्याद नाघेका, सडेगलेका सामाग्रीहरु जफत गरी नष्ट गरिएको छ ।
अनुगमन टोलीले नीलकण्ठ–३ को लिला किराना स्टोरलाई ७५ हजार, भद्रकाली सप्लायर्सलाई ५ हजार र नीलकण्ठ–८ को आर.बि इन्टरप्राईजेजलाई ५ हजार जरिवाना तिराइएको घरेलु कार्यालयले जनाएको छ।
जरिवाना गरिएको फर्ममा मूल्यसुची नभएको, लेबल नभएको/रि–लेबलिङ गरेको सामान बिक्रिको लागि राखेको, म्याद नाघेको बस्तु विक्रिको लागि राखेको, बिना दर्ता मिल सञ्चालन गरेको, बिना इजाजत प्याकेजिङको काम गर्ने गरिएको, खरिद बिल नभएको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा लिला किराना स्टोरबाट म्याद नाघेका ४२ हजार रुपैँया बराबरको सामाग्री, भद्रकाली सप्लायर्सबाट १२ हजार, आर.बि इन्टरप्राईजेजबाट २ हजार ३ सय र अशोक जनरल स्टोरबाट १ हजार ४ सय रुपैँया बराबरको सामाग्री जफत गरिएको छ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय, घरेलुु तथा साना उद्योग कार्यालय, नेपाल राष्ट्रिय उपभोक्ता हित संरक्षण महासँघ र सञ्चारकर्मीको सहभागिता थियो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |