धादिङ । ३६ वर्षीया पूर्ण अपांगता हुनुभएकी महिलालाई बलात्कार गरेको आरोपमा धादिङमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुवीभ्याली गाउँपालिका–४ का ३५ वर्षीय निक्क तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी ईन्स्पेक्टर अभय लामाले जानकारी दिनुभयो ।
घरमा कोहि नभएको बेला घरबाट घिसारेर लगि ०८१ बैशाख ४ गते बलात्कार गरेको र गाउँलेले देखेपछि आरोपित तामाङ फरार भएका थिए ।
उनलाई ९ गते आईतबार पक्राउ गरिएको हो।आरोपित विरुद्ध पीडित पक्षले बैशाख ६ गते उजुरी दिएको ईन्स्पेक्टर लामाले बताउनुभयो ।
पीडितको धादिङ अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको र आरोपितलाई धादिङ अदालतको अनुमतिले जबरजस्ती करणी मुद्दामा हिरासतमा अनुसन्धानका लागि राखिएको प्रहरीले जनाएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |