धादिंङ पुष २६ । बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले पाउनुभएको छ । प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषदको पहिलो बैठकले सरकारको प्रवक्ताको जिम्मा थपलियालाई तोकेको हो ।
त्यस्तै, उक्त बैठकले प्रादेशिक संरचना निर्माणका लागि सङ्घीय सरकारसमक्ष पठाइएको जग्गा प्राप्ति सम्बन्धी सिफारिसको अनुगमन गर्ने निर्णय गरेको छ । उक्त विषयमा थप पहल गर्न प्रदेशको मुख्य सचिव मुकुन्दप्रसाद न्यौपानेलाई जिम्मेवारी दिइएको प्रवक्ता थपलियाले जानकारी दिनुभयो ।
बैठकले प्रदेशको १४ वटा मन्त्रालयलाई घटाउने निर्णय गरेको हो । उक्त विषयमा अध्ययनका लागि मुख्य सचिव न्यौपानेको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरिएको छ । कार्यदललाई आगामी १५ दिनभित्र प्रतिवेदन तयार पारी पेस गर्न निर्देशन दिइएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |