धादिङ–राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष एवम संघिय सांसद डोलप्रसाद अर्याल(डिपी)ले बूढीगण्डकी जलविद्युत् आयोजनाको काम अघि बढाउनुपर्ने बताउनुभएको छ ।
शुक्रबार गृह जिल्ला धादिङ आईपुग्नुभएका सांसद अर्यालले पत्रकार भेटघाटका क्रममा सरकारले देशको आवश्यकता महसुस गरेर आयोजनाको काम अघि बढाउनुपर्ने बताउनुभएको हो।
बूढीगण्डकी जलविद्युत् आयोजना धादिङ र गोरखाको मात्रै नभएर देशकै मुहार फेर्ने आयोजना भएकोले निर्माणमा सबै मिलेर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।सरकार देशको आवश्यकताको आयोजनाका सम्बन्धमा निर्णय गरेर अघि बढ्न नसक्दा आयोजनाको कामले गति लिन नसकेको उहाँको भनाई छ ।
समय गुर्जदै जाँदा आयोजना बनाउन महँगो बन्ने सङ्केत देखिएको भन्दै सांसद अर्यालले सरकारले देशका लागि आवश्यक आयोजना हो भनेर प्राथमिकतामा राखे तुरुन्तै सुरु हुने बताउनुभयो।
उहाँले भन्नुभयो,‘देशको समृद्धि भाषणले होईन कामले हून्छ, बूढीगण्डकी लगायतका ठूला आयोजना बन्नु भनेको देश समृद्धितर्फ लाग्नु हो।’सरकारले चासो र ग्यारेन्टी लिए लगानी गर्ने वातावरण बन्ने भन्दै सांसद अर्यालले भन्नुभयो,‘जनताकै पैसाले बूढीगण्डकी आयोजना बन्छ,विदेशी लगानी चाहिँदैन।’
आयोजनाका लागी मुआब्जा वितरण, कार्यालय स्थापना र व्यवस्थापनका नाममा भ्रष्टाचार भइरहेकोले नागरिकहरुले खबरदारी गर्नुपर्ने पनि बताउनुभयो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |