धादिङ । बेनिघाट रोराङ गाउँपालिका–८ स्थित विदाङमा रहेको कालिका माध्यमिक विद्यालयलाई लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय र पानी ट्याङ्की हस्तान्तरण गरिएको छ ।
चाईल्डफण्ड जापान(ChildFund Japan)को आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा प्रयास नेपाल धादिङले सञ्चालन गरेको शिक्षामा पहुँच सुनिश्चितता परियोजना (SAFE Project) अन्तर्गत निर्माण भएको लैङ्गिक तथा अपाङ्गमैत्री हात धुने सुविधा सहितको शौचालय तथा भूमिगत पानी ट्याङ्की शुक्रबार एक कार्यक्रमका बिच विद्यालयलाई हस्तान्तरण गरिएको हो।
उक्त संरचना गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया(बिबेक), प्रमुख प्रशासकिय अधिकृत नर्बदा घिमिरे, वडा नं ८ का वडाध्यक्ष राजकुुमार श्रेष्ठ र प्रयास नेपालका उपाध्यक्ष उषा वि.कको रोहवरमा विद्यालयलाई विधिवत रुपमा स्वामित्व हस्तान्तरण प्रदान गरिएको छ।
१९ लाख ५९ हजारको लागतमा १० हजार लिटर क्षमताको भूमिगत पानी ट्याङ्की, ३ वटा १ हजार लिटर क्षमताको स्ट्याण्डसहित पानी ट्याङ्की, ४ वटा धारा, २ वटा पानी तान्ने पम्प तथा आवश्यक जडान सामग्रीहरु र ३ कोठे पक्की लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय भवन निर्माण सम्पन्न भएको शिक्षामा पहुँच सुनिश्चितता परियोजनाका प्रबन्धक केशव सिग्देलले जानकारी दिनुभयो ।
उक्त संरचनाबाट ३१८ बालबालिका, शिक्षकहरु, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका प्रतिनिधीहरु र विद्यालय सेवाक्षेत्रका ६० घरधुरी लाभान्वित हुने उहाँले बताउनुभयो ।
यसैगरी वडा नं १० को ताकथलीमा रहेको जलकन्या आधारभुुत विद्यालयलाई पनि ३ कोठे पक्की लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय भवन हस्तान्तरण गरिएको छ ।
परियोजना अन्तरगत नै निर्माण भएको उक्त संरचना गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, वडा नं १० का वडाध्यक्ष विकाश चेपाङ,प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल लगाएतको रोहवरमा विद्यालयलाई स्वामित्व हस्तान्तरण गरिएको छ।
१८ लाख ४ हजारको लागतमा ३ वटा १हजार लिटर क्षमताको स्ट्याण्डसहित पानी ट्याङ्की,४ वटा धारा र ३ कोठे पक्की लैङ्गिक तथा अपाङ्गमैत्री शौचालय भवन निर्माण गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनुभयो ।उक्त संरचनाबाट ७५ बालबालिका र विद्यालय सेवाक्षेत्रका ८० घरधुरी लाभान्वित हुने अर्यालले बताउनुभयो ।
कार्यक्रमको अवसरमा गाउँपालिका अध्यक्ष थपलिया, उपाध्यक्ष श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत घिमिरे, चाइल्डफण्ड जापानका एरिया म्यानेजर दलबहादुर सुनार, वडा नं ६, ८ र १० का वडाध्यक्षहरु, प्रयास नेपालका उपाध्यक्ष वि.क, कार्यकारी निर्देशक अर्याल लगाएतको उपस्थितीमा परियोजना लागु भईसकेपछी विद्यालयमा सम्पन्न भएका गतिबिधिहरु समेत अनुगमन गरिऐको छ।
यस्तै गाउँपालिका स्तरका सरोकारवालाहरुसँगको स्थानीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ।
समितिका संयोजक गाउँपालिका अध्यक्ष थपलियाको अध्यक्षमा भएको बैठकमा परियोजना कार्यान्वयनका क्रममा हालसम्म सम्पन्न भएका क्रियाकलाप, उपलब्धीहरु त्था महत्वपूर्ण अपडेट, समस्या तथा चुनौतीहरु, सिकाईहरुका बारेमा छलफल गरिएको थियो ।
बैठकमा सहभागीहरुले परियोजनाले शिक्षा र कृषि क्षेत्रलाई विशेष महत्व दिएर अगाडी बढाएको बताउदै पालिकाको तर्फबाट यस परियोजना संचालनको लागि निरन्तर सहयोग गर्ने बताएका थिए।
बालबालिकाको समग्र शैक्षिक गुणस्तर सुधार तथा परिवार र समुदायको आय बृद्घिका अबसरहरुमा समेत सुधार गर्ने उद्धेश्यसहित सन् २०२१ देखि वडा नं ६, ८ र १० वडाका १९ बिद्यालयहरुमा शिक्षामा पहुँच सुनिश्चितता परियोजना कार्यान्वयनमा रहेको कार्यकारी निर्देशक अर्यालले बताउनुभयो।
परियोजनाबाट बालविकास देखी कक्षा १२ सम्मका २ हजार ६४ बालबालिका, तिन वडाका १ हजार २९९ चेपाङ र दलित परिवार,१९ विद्यालयका शिक्षक,विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका प्रतिनिधि गरी ११ हजार ५७३ प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |