धादिङ–बेनिघाट रोराङ गाउँपालिका भेलालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्।
भेला भोलि (शुक्रबार) बेनिघाट बजारस्थित गौमती भैरवी कृषि सहकारी हलमा हुने भएको छ। भेलालाई लामिछानेले सम्बोधन गर्ने कार्यक्रम छ। भेलाले बेनिघाट रोराङ गाउँपालिका कमिटी पनि गठन गर्नेछ।भेला दिउँसो साढे १२ बजे हुनेछ।
भेलालाई सभापति लामिछानेका साथै उपसभापति डोलप्रसाद अर्यालले पनि सम्बोधन गर्नेछन्।
यसैबीच उपसभापति अर्यालले आज (बिहीबार) ज्वालामुखी गाउँपालिकाका विभिन्न ठाउँमा स्थानीयवासी र जनप्रतिनिधिसँग भेटघाट गरेका छन्। अर्यालले धादिङको विकास र समृद्धिका लागि स्थानीयवासी र जनप्रतिनिधिसँग सल्लाह सुझाव लिइरहेका छन्।
उनले धादिङ जिल्लाको विकासका लागि आफू रातोदिन खटिरहेको पनि भेटघाटका क्रममा बताए।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |