धादिङ,०६ भदौ।
उत्तरी धादिङको रुवी भ्याली गाउँपालिका१ तिप्लिङको मचेत गाउँका लवरेन्स तामाङको बगैँचामा स्याउ लटरम्मै छन्।५ रोपनी क्षेत्रफलमा लगाएको बिभिन्न जातका स्याउहरु टिप्ने बेला भएको छ ।
तामाङले ४ वर्षअघि मुस्ताङको मार्फाबाट विरुवा ल्याएर स्याउ खेती सुरु गर्नुभएको हो। करिब २ सय बोटमा फलेको फुजी, गोल्डेन, रेड डेलियसियस, क्रिस्पीन जातका स्याउहरु अहिले विक्रिका लागि तयारी अवस्थामा रहेको तामाङको भनाई छ।
तर सडक सुविधा नहुँदा उत्पादित स्याउ बजारसम्म ल्याउन समस्या भएको छ । दुई तिन महिनामा सडकको अवस्था सुधार नभए स्याउ सबै खेर जाने लरेन्स तामाङले बताउनुभयो ।
अहिले गाउँमै प्रतिकेजी १५० रुपैयाँमा विक्री भईरहेकोे लवरेन्स तामाङले बताउनुभयो। उहाँले नागरिकहरुलाई स्याउबारीको अवलोकन गरी तस्बिर, भिडियो खिच्न र स्याउ खान चाहनेलाई प्रतिव्यक्ति रु २०० शुल्क तोक्नुभएको छ।
स्थानिय स्तरमा उत्पादित वस्तुहरुको प्रर्वद्धनको लागि गाउँपालिकाले सहजीकरण गरिदिए राहत पुग्ने उहाँको भनाई छ ।सडक मर्मत सम्भार गरि बाह्रै महिना सवारी आवात जावत हुने वातावरण बनाईदिए स्याउसँगै उत्तरी धादिङमा उत्पादित सबै वस्तुहरु विक्री वितरणको लागि सहज हुने बताउनुभयो ।
तामाङले गाउँमै कोल्ड स्टोरको व्यवस्था गरिदिन र सडक सञ्जाल सहज बनाईदिन सरकारसँग माग गर्नुभएको छ । रुवीभ्यालीका बिभिन्न स्थानमा पहिले देखीनै स्याउ फल्ने गरेको भएपनि पहिलोपटक व्यवसायिक रुपमा लवरेन्सले स्याउ खेती शुरुवात गर्नुभएको हो ।
सहज सडक सुविधा नहुँदा यहाँका किसानहरुले कठिनाई भोग्दै आईरहेका छन् ।हिउँदमा धादिङबेसीबाट साङकोष-कटुन्जे-चरङ्गे-किन्ताङफेदी-दार्खा- झार्लाङ-बोराङ हुंदै तिप्लिङ मोटरयात्राका लागि केही सजिलो भएपनि बर्षामा भने समस्या हुने गरेको छ ।
रसुवाको स्याफ्रुबेसीबाट सोमदाङ हुंदै पान्साङपास उक्लिएर स्याउ खेती भएको गाउँसम्म मोटरमा पुग्न सकिने तामाङको भनाई छ।
इच्छुक व्यक्तिले लवरेन्स लामा ९८६९०१८७३६ र गणेश लामा ९८४१११७५३२ मा सम्पर्क गर्न सक्ने छन्।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |