धादिङ–धादिङमा बजार अनुगमनलाई तीब्रता दिईएको छ।सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली नेतृत्वको बजार अनुगमन टोलीले अनुगमनलाई निरन्तरता दिएका छन् ।
अनुगमनको क्रममा सोमबार मलेखुको माछामा अखाद्य वस्तुको मिसावट भेटिएको छ । विक्रिका लागि राखिए अधिकांश माछामा मानव स्वास्थ्यका लागि हानिकारक कोलतार रङ्ग (सिम्पेथिक फुड कलर) मिसावट गरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।
माछालाई राम्रो देखाउन प्रशोधन र आगोमा सुकाउने बेलामा नै रङ्ग मिसाउने गरेको पाइएको पराजुलीले बताउनुभयो ।खानै नमिल्ने रङ्ग मिसाइएको पाइएपछि सिलमा झुण्डाएर राखेका र प्रशोधन गर्दै गरेको ठाउँबाट ५० हजार बराबरको माछा जफत गरिएको उहाँको भनाई छ।
पराजुलीले भन्नुभयो,‘अबदेखी माछामा रङ्गको प्रयोग नगर्न सुझाव दिइएको छ,एक पटकको लागि जरिवाना नगराई सुध्रिन र सुधार गर्न निर्देशन दिएको र अर्काे पटक फेरी रङ्गको मिसावट गरेर विक्रि गरेको भेटिएमा उपभोक्ता हित र खाद्य ऐन अनुसार अनुचित व्यापारिक क्रियाकलाप अन्तर्गत तीनलाखसम्म जरिवाना गरिनेछ ।’तस्विर:शंकर श्रेष्ठ
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |