धादिङ। मल्डुङ कृषि सहकारीको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
थाक्रे गाउँपालिका–२ स्थित सिम्लेमा शनिबार भएको साधारण सभामा थाक्रे गाउँपालिका उपाध्यक्ष यन्त्र बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै थापाले मल्डुङ सहकारी थाक्रेको उत्कृष्ट सहकारी रहेको भन्दै कृषि सहकारी भएकाले कृषि तथा पशुपालनको क्षेत्रमा लगानी बढाई उत्पादन र उत्पादकत्व बृद्धि गर्न विशेष ध्यान दिनु पर्ने बताउनुभयो।
सहकारी संसथागत विकास गर्न संस्थाका सबै सदस्यहरुको उत्तिकै दायित्व रहेकोले सक्रियता पूर्वक संस्थाको गतिविधिमा निरन्तर सहभागीता हुन आग्रह गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहकारीको निती, सिद्धान्त, मर्म अनुरुप संचालन भए मात्र शुसासन कायम हुने र शेयर सदस्यको विश्वास जित्न सकिने बताउनुभयो ।
सहकारीले शेयर सदस्यहरुमा ऋण प्रवाह गर्दा व्यवसायिक योजनालाई ध्यान दिएर मात्रै गर्ने र सोही अनुसार काम भए नभएको अनुगमन गर्ने प्रणालीलाई प्रभावकारी बनाउन सुझाव दिनुभयो।
साधारणसभा सहकारीको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीकी अध्यक्ष मिना कुमारी रानाले गरिबी निवारण अन्तरगत भुमेस्थानमा गठित सामुदायिक संस्थामा आबद्ध ४ सय जना सदस्यबाट शेयर पुँजि जम्मा गरी २०६९ सालमा दर्ता भएको सहकारीमा अहिले ४८८ जना शेयर सदस्य भएको बताउनुभयो।
सहकारीकी कोषाध्यक्ष सिर्जना दुधराजले आर्थिक बर्ष २०७९/८० मा ५७ लाख २२ हजार ८ सय कूल शेयरपूँजी रहेको र हाल सहकारीले १ करोड ३४ लाख ९१ हजार २३९ ऋण लगानीमा रहेको बताउनुभयो ।
यस्तै प्रतिवेदन प्रस्तुत गर्दै सहकारीकी सचिव फुलमाया तामाङले सहकारीमा हाल ४ सय ८८ जना शेयर सदस्य र सहकारी संस्थाले थाक्रे गाउँपालीकाको १,२ र ३ वडालाइ कार्यक्षेत्र बनाएर कार्य गर्दै आएको बताउनुभयो ।
आगामि दिनमा संस्थाले शेयर सदस्यता वृद्धि,बित्तिय साक्षरता, उद्यमसिलता विकास लगायतका कार्यहरु गरि सहकारी संसथाको सेवा प्रभावमा गुणस्तरीयता बढाउने लगायतका कार्यहरुलाई प्राथमिकताको साथ गर्ने बताउनु भयो ।
मल्डुङ कृषि सहकारी संस्थाका व्यवस्थापक गोमा तामाङले संस्थाको मूल कार्य भनेको सदस्यलाई बचत गर्ने बानीको विकास गर्नु भएकोले आफ्नो निश्चित कमाइको निश्चित रकम बचत गर्नुपर्ने ,शेयरपुँजि बढाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गर्ने समूहलाई नगद पुरस्कार सहित सम्मान गरीएको थियो ।
सहकारीकी अध्यक्ष मिना कुमारी रानामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं १ का वडाध्यक्ष श्याम सुन्दर थापा, वडा नं २ का वडाध्यक्ष टिकाराम तामाङ, अमर्खु माविका प्रधानाध्यपक लाल ब तामाङ, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल लगायतको आतिथ्यता रहेको सिम्लेबाट अनुषा तामाङले जानकारी दिनुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |