धादिङ । सदरमुकाम धादिङबेशीस्थित मिलनटोलमा घरमा पार्किङ गरेर राखिएको एक स्कुटरमा आगजनी भएको छ ।
सोमबार करिव पौने ११ बजे राती बागमती प्रदेश ०२ ०४७ प ५२५० नम्बरको स्टुकरमा अज्ञात मानिसले आगो लगाइदिएको स्कुटर धनी खड्ग भूवन श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘स्कुटरमा आगो लागिरहेको छिमेकीले देखेपछि आगो निभाइयो तर स्कुटरमा अगाडी र पछाडीको भागमा धेरै क्षति पुगेको छ। स्कुटर नजिकै ग्यासहरु थियो,धन्न ग्यासमा सल्किन भ्याएन । ठूलो दुर्घटनाबाट बच्यो।’
स्कुटरलाई ओडाएको खोलमा आगो लगाइदिएपछि स्कुटरमा आगो लागेको उहाँले बताउनुभयो ।
उक्त घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताउनुभयो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |