धादिङ। जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाका सात वटा रिसोर्टलाई -याफ्टिङ सेवा बन्द गर्न निर्देशन दिएको छ।
बेनिघाट राेराङको विभिन्न स्थानमा सन्चालनमा रहेका रिसोर्टहरुले सम्बन्धित निकायबाट सञ्चालन अनुमति नलिई तथा सेवा लिने यात्रु/सेवाग्राहीकाे सुरक्षा बिमा समेत नगरी -याफ्टिङ सेवा सञ्चालन गरेको भन्दै सेवा बन्द गर्न निर्देशन दिएको हो ।
प्रशासनका अनुसार बेनिघाट राेराङ-३ को राेयल रिभर साइट -याफ्टिङ रिसोर्ट, बुढी गण्डकी रिसोर्ट, विग सि रिसोर्ट, बेनिघाट राेराङ-५ को नेचुरल रिसोर्ट, माईलस्टाेन भिलेज रिसोर्ट, बेनिघाट राेराङ-७ को चराैंदी विच रिसोर्ट र हाेलिडे विच रिसोर्टलाई सेवा बन्द गर्न निर्देशन दिइएको छ।
जलयात्रा (-याफ्टिङ) मुलुककाे पर्यटन क्षेत्रकाे विकाससँग प्रत्यक्ष रूपमा जाेडिएकाे व्यवसाय भएपनी अवैध र असुरक्षित रहेको पाईएपछि अनुमति र बिमा सम्बन्धी कागजात पेश नगर्दा सम्मका लागि सेवा बन्द गर्न निर्देशन दिएकाे प्रशासनले जनाएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |