धादिङ । राजश्वछलीका गाडी र मोटरसाइकलसहित ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा धादिङको धुनिबेशी नगरपालिका-७ घर भई भक्तपुर सल्लाघारी बस्ने २७ वर्षीय प्रविन गिरी , काठमाडौं नागार्जुन नगरपालिका-७ रामकोट घर भई काठमाडौं कीर्तिपुर नगरपालिका-२ बस्ने २७ वर्षीय किशोर गिरी र काभ्रेपलान्चोक महाभारत गाउँपालिका-२ घर भई भक्तपुर, भक्तपुर नगरपालिका-६ बस्ने ३० वर्षीय रमेश गिरी रहेका छन् ।
गाडी तथा मोटरसाइकलहरू भन्सार छली चोरी पैठारी गरी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बुधबार उनीहरूलाई पक्राउ गरेको हो ।
साथै भक्तपुरका विभिन्न स्थानहरूमा गाडी तथा मोटरसाइकलहरू भन्सार छली चोरी पैठारी गरी भारतबाट नेपाल ल्याई ड्राईभिङ सेन्टरमा प्रयोग गरेको १ गाडी १ र २ मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरूलाई आवश्यक कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |