धादिङ । सिद्धलेक गाउँपालिका–२ नलाङमा प्रथम वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
नव क्षितिज युवा क्लबले फागुन २६ गतेदेखी मल्लनगर आप्रीमा वडास्तरीय भलिबल प्रतियोगिता गर्न लागेको हो ।आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन २५ गतेसम्म टिम दर्ता गर्न सकिने र खेलाडी एउटै वडाको हुनुपर्ने छ ।
प्रतियोगितामा प्रथम हुने टिमलाइ २० हजार, दोश्रो हुनेलाई १५ हजार, तेस्रो हुनेलाई १० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी पनि पुरस्कार प्रदान गरिने छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |