हेटौंडा ,पुष २६ । वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शपथग्रहण गरेका छन् । सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले मङ्गलवार बिहान प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट मुख्यमन्त्रीको शपथ लिएका हुन् ।
मुख्यमन्त्री जम्मकट्टेलसँगै नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना मन्त्रीको रूपमा शपथ गरेका छन् । राप्रपाका संसदीय दलका नेता उद्धव थापाले बिना विभागीय मन्त्रीको रूपमा शपथग्रहण गरेका छन् । ०३० सालमा धादिङको किरणचोक गाविसमा जन्मिएका जम्कट्टेलले २०४४ मा अखिल छैठौँमा आबद्ध भएर राजनीतिक जीवनको सुरूवात गरेका थिए । २०४८ सालबाट मजदुर आन्दोलनमा सक्रिय उनी माओवादीले थालेको जनयुद्धमा सुरूदेखि नै होमिए । २०६० बाट करिब एक दशक माओवादीको मजदुर संगठनको नेतृत्व सम्हालेका जम्कट्टेल २०६३ को अन्तरिक संसद बनेका थिए ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |