धादिङ,१५ मंसिर ।
सिद्धलेक गाउँपालिकामा गठन भएको शैक्षिक कार्यदलले तयार पारेको प्रतिवेदन आज पालिकालाई बुझाईएको छ।तिन महिना भन्दा बढी समय लगाएर तयार पारिएको प्रतिवेदन आज गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृतलाई बुझाईएको हो। कार्यदलले ४७ वटै विद्यालयको भौतिक अवस्था,शिक्षक विद्यार्थीको अनुपात,शैक्षिक अवस्था,विद्यार्थीको सिकाई मुल्यांकन,दिवा खाजाको प्रभावकारीता,विद्यालय मर्च गर्ने लगायतको विषयमा अध्ययन अनुगमन गरी प्रतिवेदन तयार पारीएको शैक्षिक कार्यालका संयोजक सरोज खतिवडाले जानकारी दिनुभयो।
गत भाद्र ८ गतेको कार्यपालिकाको बैठकले सरोज खतिवडाको अध्यक्षतामा ७ सदस्यीय शैक्षिक कार्यदल गठन गरेको थियो।कार्यदलले पालिका भित्र रहेकाम ४७ वटा विद्यालयको स्थलगत अनुगमन गरी तयार पारिएको प्रतिवेदन पालिका अध्यक्ष परशुराम खतिवडा,उपाध्यक्ष सविता अर्याल र प्रमुख प्रशासकीय अधिृकत राम मणी मिश्रलाई बुझाइएको कार्यपालिका सदस्य भगवती तिवारीले जानकारी दिनुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |