धादिङ । सिद्धलेक गाउँपालिका वडा नं ३ स्थित सलाङ ईटपानीमा भोलिदेखी वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
नयाँ बर्ष २०८१ को पावन अवसरमा वडा नं ३ को सहयोग तथा मनकामना समाज सुधार युवा क्लबको आयोजनामा भोलि १ गतेदेखी वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु हुने क्लबका सदस्य तथा धादिङ जिल्ला भलिबल खेलाडी बिदुर इटनीले जानकारी दिनुभयो ।
यसअघि एनभिए र प्रदेश स्तरिय खेल खेलिसकेका खेलाडीले खेल्न नपाउने भनिएता पनि हाल देशभरबाट एउटै वडाका जस्तोसुकै खेलाडीले पनि खेल्न पाउने गरि खुल्ला गरिएको आयोजकले जनाएको छ।
अहिले टिम दर्ताको प्रक्रिया चलिरहेको इटनीले बताउनुभयो ।
प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार तथा तेस्रो हुने टिमले २० हजार नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छ। साथै बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्टर ब्लकर, बेस्ट सर्भरलाई सम्मान गरिने आयोजकले जनाएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |