१४ माघ, गजुरी धादिङ ।
बालबालिकाहरुको सर्वाङ्गिन विकासको लागि गजुरी गाउँपालिकाले जिम्मेवारीपुर्वक कार्य गरिएको गजुरी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष भक्त बहादुर तामाङले बताउनुभयो । गजुरी गाउँपालिका बालमैत्री उन्मुख गाउँपालिका भई सकेको बताउँदै तामाङले न्युनतम भौतिक पुर्वाधार सबै बिद्यालय पुगि सकेकोले अब शैक्षिक उपलब्धि केन्द्रित भएर कार्य गर्ने बेला आएको बताउनुभयो । वडाध्यक्ष तामाङले उक्त कुरा ईन्द्रायणी आधारभुत बिद्यालय गजुरी ६ ले बिद्यालय विकासमा सरोकारवालाको भुमिका बिषयक २ दिने अन्तरक्रिया कार्यक्रम समापनको अवसरमा बताउनु भएको हो ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायत सरोकारवालाहरुको शैक्षिक ज्ञान, सीप तथा क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धि बृद्धिमा सहयोगको लागि शैक्षिक सरोकारवालाहरुको कार्यशाला संचालन गरिएको हो । कार्यशालामा ५० जना सरोकारवालाहरु उपस्थिति रहेको थियोे । विद्यालय व्यवस्थापन, शैक्षिक विकास तथा सिकाई उपलब्धि बृद्धि र बोध सहितको शिक्षण प्रणाली प्रबर्द्धन गर्न बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ लगायत बिद्यालयसँग सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रियात्मक कार्यशालाको लागि सहयोग गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनु भयो ।
गजुरी गाउँपालिकाका सबै ४५ सामुदायिक विद्यालयहरुमा बाल बिकास कार्यक्रम गजुरी गापा, प्लानेट ईनफान्ट एण्ड डेभलपमेन्टको साझेदारीमा प्रयास नेपाल धादिङले सम्बन्धित बिद्यालयसँग समन्वय र सहकार्यमा संचालन गरि कार्यशाला आयोजना भएको पनि कार्यकारी निर्देशक अर्यालले बताउनु भयो । बिद्यालय बालमैत्री वातावरण सिर्जना गर्न किन जरुरी छ, सिकाईमा बालमनोभावना अनुसार सहजिकरण गर्ने तरिका, स्थानीय स्तरमा उपलब्धि बस्तुहरुलाई कसरी शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्ने, बालबालिका र पारिवारिक सदस्यको सुमधुर सम्बन्ध, परिवारले बालबालिकालाई गर्नुपर्ने स्याहार तथा हेरचाह, अभिभावकसँग छलफल तथा सचेतना सेसन संचालन बिधि बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, बालबालिकाहरुको काम कर्तव्य र उत्तरदायित्व र पालना गर्नु पर्ने आचार संहिता लगायतका बिषयमा प्रयास नेपाल धादिङ कार्यकारी निर्देशक दामोदर अर्याल, गजुरी गाउपालिकाका श्रोत व्यक्ति सुजन भण्डारी, प्रयास नेपाल धादिङका दशरथ डुवाडीले सहजिकरण गर्नु भएको थियोे । कार्यशाला पछि बिद्यालयको शैक्षिक सुधार लागि कार्ययोजना र बिद्यालयका शिक्षक, बिद्यार्थी, अभिभावक लगायत सबै सरोकारवालाहरुको लागि आचार संहिता निर्माण गरिएको र पुर्ण रुपमा कार्यान्वयन गरिने इन्द्रायणी आधारभुत बिद्यालयका प्रधानाध्यापक सुरज श्रेष्ठले बताउनु भयो । इन्द्रायणी आधारभुत बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बलराम रिजालको अध्यक्षतामा शुक्रबारबाट शुरु भएको कार्यशाला शनिबार सम्पन्न भएको रेनुका रुपाखेतीले जानकारी दिनु भयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |