धादिङ । सिद्धलेक गाउँपालिका वडा नं ३ स्थित सलाङ ईटपानीमा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
नयाँ बर्ष २०८१ को पावन अवसरमा बैशाख १ गतेदेखी मनकामना समाज सुधार युवा क्लबले वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको क्लबका सदस्य तथा धादिङ जिल्ला भलिबल खेलाडी बिदुर इटनीले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार तथा तेस्रो हुने टिमले २० हजार नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने इटनीले बताउनुभयो।
साथै बेस्ट प्लेयर, बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्टर ब्लकर, बेस्ट सर्भरलाई सम्मान गरिने आयोजकले जनाएको छ ।
जुनसुकै जिल्लाबाट पनि सहभागी हुने पाउने यस प्रतियोगितामा खेलाडीहरु भने एउटै वडाको हुनुपर्ने तर एनभिए, तथा प्रदेश स्तरिय खेल खेलीसकेका खेलाडीहरु समावेश हुन नपाउने आयोजकले जनाएको छ ।
आयोजकले प्रतियोगितामा टिम दर्ताको लागि चैत्र २८ गतेसम्मको लागि समय तोकेको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |