धादिङ । धादिङको सिद्धलेक गाउँपालिका स्थित सिद्धलेक (सिद्धबाबा मन्दिरमा) चौथो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ ।
सिद्धलेक ढेवाडाँडा समाज सिद्धलेक–२ को आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा महाशिवरात्री पर्वको अवसरमा आन्तरिक तथा वाह्य पर्यटन प्रवद्धन गर्ने उद्देश्यले आगामी फागुन २५ गते शुक्रबारका दिन चौथोे सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुने सिद्धलेक ढेवाडाँडा समाजका सल्लाहाकार अमृत गुरुङ(तिलक) ले जानकारी दिनुभयो ।
महोत्सवमा राष्ट्रिय कलाकार चर्चित लोक गायक राम्जी खाँड, लोक गायीका सम्झना भण्डारी, र कुशल बेलबासे लगाएत स्थानीय कलाकारहरुको प्रस्तुति हुने सिद्धलेक ढेवाडाँडा समाजका अध्यक्ष दिन नारायण श्रेष्ठले बताउनुभयो ।
जिल्लाकै ऐतिहासिक धार्मिक तथा पर्यटन स्थल धादिङ्गको सिद्धलेक गाँउपालिकाभित्र पर्ने साविकको नलाङ्ग र सलाङ्ग (हाल वडा नं. २, ३ र ४) को सिमानामा अवस्थित सिद्धलेक तथा ढेवा डाँडामा हरेक बर्ष महाशिवरात्रीमा मेला लाग्ने गर्दछ ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि सिद्धलेक ढेवाडाँडा समाज नेपालले गाउँपालिकाको समन्वयमा विगत केही बर्षदेखी सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सवको आयोजना गर्दै आएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |