३१ जिल्लाका ६४ ठाउँमा अहिले पनि डढेलो लागिरहेको छ ।तराईदेखि मध्य पहाडी वनजङ्गलसम्ममा डढेलो लागेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएकोछ ।प्राधिकरणका अनुसार अहिले सबैभन्दा धेरै चितवनका १२ ठाउँमा डढेलो लागिरहेको छ भने बर्दियाका ४, बाँके, दाङ र प्युठानका तीन/तीन ठाउँमा डढेलो लागेको छ ।
यस्तै, धादिङ, डोटी, काभ्रे, कैलाली, कपिलवस्तु, मकवानपुर, ओखलढुङ्गा, पाल्पा, पर्सा, रुपन्देही र सिन्धुलीका दुई÷दुई ठाउँमा डढेलो लागेको छ ।
यस्तै, उदयपुर, सल्यान, रामेछाप, पर्वत, नुवाकोट, नवलपुर, महोत्तरी, लमजुङ, कास्की, कञ्चनपुर, गुल्मी, दैलेख, डडेल्धुरा र अछामका एक/एक ठाउँमा डढेलो लागेको वन मन्त्रालयको तथ्याङ्कले देखाएको छ । मध्य र पूर्वी नेपालमा केन्द्रित रहेको डढेलो पछिल्ला दिनमा पश्चिम नेपालसम्म फैलिएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |